चलचित्र महोत्सव आजबाट
चलचित्रकर्मी बिचमै विवाद र असहमतिका बाबजुद चलचित्र विकास बोर्डले आयोजना गरेको राष्ट्रिय चलचित्र महोत्सव आजबाट सुरुभएको छ । २०२२ सालदेखि २०५९ सालसम्मका चलचित्रमध्येबाट बिभिन्न बिद्यामा बिभिन्न ब्याक्तित्वलाई सम्मानित गरिदै छ । देवानन्द लगायतका नेपाली चलचित्रमा योगदान दिने प्रसिद्ध भारतिय कलाकारहरु आमत्रिन्त गरएका छन् । सवाकरोड सरकारी रुपैयाँ महोत्सवमा खर्च हुदैछ । मातृभाषी चलचित्रको अपमान ! सरकारले आयोजना गर्न लागेको राष्ट्रिय चलचित्र महोत्सवमा मातृभाषी चलचित्रलाई अपमान गरिएको चलचित्रकर्मीले ठहर गरेका छन् । नेपाली भाषाका चलचित्रलाई मात्र महोत्सवमा सहभागी गराईनुलाई भेदभावपूर्ण भन्दै उनिहरले महोत्सव बहिस्कारको घोषणा गरेका छन् 'आमाको काख' मुम्बईतिर चलचित्र 'माझिदाई'को बजारयात्रा सकिएपछि निमार्ता-निर्देशक विजय के यतिबेला मुम्बईमा छन् । लालीमा फिल्मस्को ब्यानरमा दोस्रो चलचित्र 'आमाको काख' दर्शकमाझ पस्किने सुरसारमा छन् उनि । मुम्बईको अन्धेरी पश्चिम स्थित एक रेकडिङ स्टुडियोमा उनि गीत रेकर्ड गराउँदै छन् । रेर्कडिङ्ग भइस्केका गीतमध्ये स्थापित गायक-गायिका उदितनारायण झा ले ३, दिपा झाले २ र साधना सरगमले २ गीतमा स्वर दिएका छन् । 'म समसामयिकता र यथार्थमा आधारित चलचित्र बनाउँदै छु ।' फिल्म नेपाल डट कम कुरा गर्दै उनले भने । तयारीमा 'कान्छी आमा हेर्न जाउँ' काठमाडौं। कहिले पोष्टेकी आमा त मुकुन्दे-बडाबा । हास्यबिद्यामा यसरी नै स्थापित बनेका नारद खतिवडा यतिबेला भने ठुलो पर्दाको चलचित्र नै निमार्णको तयारीमा जुटेका छन् । आफ्नै प्रस्तुतीमा नारदले 'कान्छी आमा हेर्न जाउँ' नामक कमेडी चलचित्र निमार्ण गर्दैछन् । असारको अन्तिम साताबाट छ्यांकन सुरु गरिने चलचित्रको रेकर्डिक सकिएको छ । चलचित्रभित्र नायकका रुपमा नारद स्वंमले अभिनय गर्नेछन्
पर्दामा प्रवासी पिडा
बिद्यमान द्धन्द्धका कारण बिदेशिन बाध्य लाखौ नेपालीहरुका अब चलचित्रमा समेटिने भएका छन् । नेपाली चलचित्र निमाणपनि प्रवासबाटै हुने भएको छ । लामो समय बलिउडमा काम गरेका दुई नेपाली गणेश ज्वाला र प्रेम के धावनीले यस्तो चलचित्र निमार्णको तयारी गर्दैछन् । चलचित्रको गीत रेर्कडिङ सकिएको छ । गीतमा गायक कुमार कान्छा,संजय झा, उदयनारायण झा, गणेश ज्वाला,नवराज बास्कोटा र पि्रती रानाको स्वर समाष्टि छन् ।
महोत्सवको बहिष्कार
काठमाडौं । असारको अन्तिम साता आयोजना हुने राष्ट्रिय चलचित्र महोत्सव चलचित्र समिक्षकहरुले बहिस्कार गर्ने भएका छन् । चलचित्र समिक्षक समाजका अध्यक्ष रमण घिमिरेले विज्ञप्ती जारी गरि 'सिङ्गो मुलुक प्रजातान्त्रिक लडाइंमा होमिएका बेला निरंकुशताको पक्षमा उपयोग गर्न आयोजित उक्त महोत्सवमा सहभागी नहुने जनाउनुभएको हो ।
महोत्सवबारे विवाद जारी
चलचित्रका समिक्षकहरुले चलचित्र विकास वोर्डद्धारा आयोजित राििष्टय चलचित्र महोत्सव असान्धर्र्भि र नियतपर्ण भएको आरोप लगाएकाछन् भने आयोजकले यसको प्रतिबाद गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै समिक्षक तथा निर्देशक नवीन सुब्बाले महोत्सवमा अबैज्ञानिक ढंगले उत्कृष्ट चलचित्र र कलाकार छनौट गरिएको छ भन्नुभयो ।
एवार्ड हिस्सेदार को को ?
राष्ट्रिय चलचित्र महोत्सव उद्घाटनका अवसरमा सोमबार केही उत्कृष्ट चलचित्र र चलचित्रकर्मीलाई एवार्ड प्रदान गरियो । श्री ५ बडामहारानी कोमलबाट महोत्सवको उद्घाटन भएको हो । २०२२ सालदेखि २०५९ सालसम्मको कालखण्डलाई ५ खण्डमा बिभाजन परि उत्कृष्ट छनौट गरिएको छ ।
शिवरुपी शिव, शम्भूजित र नेपाली चलचित्र
यहाँ कला र गलाका धनी शम्भूजितहरु आफ्नो प्रतिभामाथि आफै गौरव र विश्वास गर्दैनन् । लाग्छ ठुलो घरले बक्सेको निगाहा बिना उनमा त्यो क्षमता सम्भव थिएन । नेपाली चलचित्र नाम थरकी आमै मरणासन्न बनेर बिछौनामा पल्टिएर औषधी मुलो पर्खिरहेको बेला हेरबिचारको ठेक्का लिएका शम्भूजितहरुले ठाने यि बुढीलाई भूतप्रेतले छल गरको छ । निगाहा हुनुपर्ने ठाउँबाट निगाहा बक्सेको छैन । यिनलाई महोत्सवरुपि झाक्रिको जरुरी छ । सवाकरोडको सुम्ठोले यिनका सुकेका हातखुट्टामा हिर्काउनुपर्छ । त्यपछि बुढी एकाएक बौरिनेछिन् । शम्भूजितहरुले यस्तै ठाने । अशोक शर्माहरु दौराको फेर समाउँदै उसैको पछि लागे ।
All of news collect by tops site
Thanks for visit
