Distinction 1st Division 2nd Division 3rd Division Withheld
By Gorkhapatra
नेपालमा प्रधानमन्त्री कोइरालाद्वारा राजीनामा घोषणा
6 जुन, 2008 - नेपालको इतिहासकै निकै महत्वपूर्ण दुईवर्ष लामो कालखण्डमा सरकार र राष्ट्रको समेत नेतृत्व गरेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बिहीबार पदत्याग गरेको घोषणा गरेका छन्। गठबन्धन भित्रैबाट चर्को दवाव परेपछि उनले व्यवस्थापिका संसदको हैसियतमा बिहिवार बसेको संविधानसभाको बैठकमा त्यस्तो घोषणा गरेका हुन्।
धेरै कुराबाट मुक्त भई आफू उपस्थित भएको बताउँदै कोइरालाले भने, "म यहींबाट प्रधानमन्त्रीको पदत्याग गरेको घोषणा गर्दछु।"
प्रधानमन्त्रीले राष्ट्रपति समक्ष राजीनामा दिनुपर्ने संवैधानिक व्यवस्था छ।
नेकपा माओवादीले नयाँ सरकार गठनको बाटो खोल्न कोइरालाको राजीनामा माग गर्दै आएको थियो।
प्रधानमन्त्रीमाथि थप दवाव सृजना गर्न सत्तालिप्साको आरोप लगाउँदै केही दिन अघि माओवादीले सरकार समेत त्यागेको थियो।
सहकार्य र सहमति
राजीनामा घोषणा गर्दै कोइरालाले माओवादीलाई सरकार गठनको पहल गर्न पुन: आग्रह गरेका थिए।
नेपाली कांग्रस बाहेकलाई राष्ट्रपतिमा समर्थन गरिने नेकपा माओवादीको भनाईपछि दलहरू विभाजनकै संघारमा पुगेका छन्।
माओवादीको त्यस्तो धारणापछि कांग्रेस प्रतिपक्षमा बस्ने खबरहरू आइरहेका बेला कोइरालाले भने आफूलाई सहमति सहकार्य र एकताको पक्षमै उभ्याए।
अन्यथा देशको अस्तित्व नै संकटमा पर्ने उनको भनाई थियो।
संविधानसभालाई सम्बोधन गर्दै उनले भ2ने, "रक्तपात विहिन रुपमा संविधानसभाको चुनाव र राजतन्त्र अन्त्य गर्न सफल भयौं। आपसी एकताले गर्दा त्यो सम्भव भएको हो। देशको अस्तित्व जोगाउन पनि त्यो जरूरी छ।"
विदेशी प्रभाव
केही सातायता भइरहेका सत्ता समिकरणसंग जोडिएका राजनीतिक खेलहरूमा विदेशी प्रभाव र चलखेलको चर्चा निकै बाक्लिएको थियो।
निकट व्यक्तिहरूसंगको बैठकहरूमा त्यसबारे खुलेरै असन्तुष्टी व्यक्त गर्दै आएका प्रधानमन्त्री कोइरालाको असन्तोष 'राजिनामा भाषण' मा पनि पोखिएको थियो।
आफूहरूले अगाडीको बाटो पहिल्याउन नसकेको विषयमा चलाखिपूर्ण ढंगले भूमिका बाँध्दै उनले भने, "हामी, प्रेस र सिंगो देशसंगै अन्तराष्ट्रिय समुदाय पनि कन्फ्यूजन (अन्यौल) मा छ।"
प्रधानमन्त्रीको लिखित राजीनामा स्वीकृत गर्न भने राष्ट्रपतिको निर्वाचन हुनुपर्ने छ।
तर राष्ट्रपति चयनको विधि समेटिएको संविधान संशोधनको प्रस्ताव मधेशी दलहरूको अवरोधका कारण सरकारले बिहीबार पेश गर्न सकेन।
बालक कमल नेपालको साहसको प्रशंसा
धन बस्नेत (पोखरा) नानु भनेर बोलाँएँ। मैले बोलाएको सुनेपछि बहिनीले मलाई पुलुक्क हेरिन्। जुस खुवाएँ। माथि जाने आऊ भनें तर मानिनन्। नमानेपछि मैले हातमा समातेर तानें, अनि कम्मरमा राखेको झोलामा हालें र डोरी बाँधें। त्यसपछि बाहिर निकालें।
साढे दुइ वषीया बालिकालाई गहिरो खोंचबाट २१ घण्टापछि बुधबार दिउँसो १२ बजे जीवितै उद्धार गरेको क्षण सम्झँदै उनले भने।
शुरूमा त मलाई पुलिसले पस्नै दिएनन्। बीचैमा अड्किएर निसास्सियो भने के गर्ने भनेर जानै दिएनन्। मलाई दाइले हौस्याउनुभयो। अनि डोरीको सहायताले खोंचभित्र छिरें।’ २१ घण्टापछि बालिका आरत्न प्रधानलाई जीवितै उद्धारपछि १२ वषीय कमल नेपाली भन्दै थिए- ँअँध्यारो खोंचमा सरासर पसें। डर लागेन। बहिनीलाई देखंे अनि कम्मरमा राखेर बाहिर निकाले। बहिनी खोंचको चट्टानमा चेपिएर बसेको अवस्थामा भेटें।
ँपोखरा उपमहानगरपालिकाको वडा १५ स्थित सिद्ध माविमा कक्षा १ मा अध्ययनरत पोउमनपा १५ रामबजार बस्ने कमल जिमन्यास्टिक खेल सिकिरहेका छन्।
ँबहिनीलाई निकाल्नुपर्छ भन्दै घरबाट ल्याए। घटनास्थलमा पुगेपछि अरूले पस्न दिनुहुँदैन भन्दै कराउन थाले तर भाइप्रति विश्वास थियो। बहिनीलाई निकाल्नर्ुपर्छ भन्दै मैले हौस्याएँ। भाइ जान्छु भनेपछि खोंचभित्र पठायौं’, कमलका दाजु सलोमले घटनाबारे बताउँदै भन्छन्- ँभित्र पसेको आधा घण्टापछि बाहिर निकाल्यो। सबै आर्श्चर्यमा परे अनि सबैले भाइलाई काँधमा बोकेर डुलाउन थाले।’
मंगलबार दिउँसो ३ बजेको समयमा पोखरा उपमहानगरपालिका नयाँ गाउँस्थित स्यालदुलेमा बालिका आरत्न सेतीको खोंचमा खसेर बेपत्ता भएकी थिइन्। २१ घण्टाको अथक् प्रयासपछि बालिकालाई जीवितै उद्धार गरिएको थियो। बालिकलाई खोंचबाट निकाल्नेबित्तिकै उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र पछि मणिपाल शिक्षण अस्पतालमा पुर्याइएको थियो। बालिकाको उद्धार गर्ने कमलको पनि मणिपाल शिक्षण अस्पतालमै उपचार गरिएको छ।
छोरीलाई जीवितै उद्धार गरिएकोप्रति ज्यादै खुसी लागेको छ। उद्धार गर्ने छोरालाई लाखौं धन्यवाद दिए पनि पुग्दैन्’, आरत्नका बुवा जोन प्रधान भन्छन्- ँआफन्तको मृत्यु भएको थियो। हामी चिहानमा पुगेका थियौं। कम्पाउन्ड गरेको चिहानभित्र हामी भित्र छिरेका थियौं। आमा र छोरी पर्खाल बाहिर बसेका थिए। म चिहानतिरै व्यस्त थिएँ। मेरो पछाडि छोरी पनि आइरहेकी रैछ तर मलाई थाहै भएन। मैले सोचंें बच्चा बाहिर छ। आमाको दिमागमा छोरी बाबुसित छ।’
घटनाको विवरण सुनाउँदै जोन अगाडि भन्छन्- ँत्यसपछि छोरी खोंचमा खसिसकेकी रहेछ। पछि रोएपछि मात्रै थाहा भयो। छोरी खसेपछि म पनि हाम फालें। बिनाडोरी १० फिट तल गएपछि पत्तै नपाएपछि प्रहरीलाई खबर गर्यौं। अनि प्रहरी घटनास्थल आइपुगेको थियो।’
बालिकाको रातभर चिसोका कारण शारीरिक चाप केही भएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
ँशरीरको टेम्प्रेचर -चाप) मात्रै कम छ। अनुहारमा घाउ लागेको छ’, मणिपाल शिक्षण अस्पतालका इमर्जेन्सी इन्चार्ज डा. सुवास केसीले भन्नुभयो- ँब्लड प्रेसर र अरू सामान्य नै छ।’
मंगलबार दिउँसोदेखि उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना खटिएका थिए। मंगलबार राति नै काठमाडौंबाट नेपाल क्यानोेनिङ एसोसिएसनका ५ जनाको टोली उद्धारका लागि घटनास्थल पुगेको थियो। रातभर र बिहानीसम्म उद्धारमा खटिए पनि गहिरो खोंचको कारण कठिनाइ भएको क्यानोनिङ सदस्य कविन्द्र लामाले बताउनुभयो।
पोखरा उपहानगरपालिकाको मुख्य बजारस्थल पृथ्वीचोक प्रवेश गर्ने सेती नदी पुलदेखि दक्षिणतर्फअनगिन्ती खोंचहरू रहेका छन्। सेती नदीले बनाएको खोंचमा बालबालिकादेखि ठूलै मान्छेसमेत खस्ने गरेका छन्। खोंचमा विगतमा जापानिज पर्यटक, प्रहरीलगायत थु्रपै पसेका थिए। तिनीहरूको उद्धार भने भएको थिएन्।
नेपालमा २३९ वर्ष पुरानो राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा
28 मे, 2008 - नेपालमा संविधानसभाको पहिलो बैठकले २३९ वर्ष पुरानो राजतन्त्रको अन्त्य गर्दै देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको छ। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको तर्फबाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रस्तुत गरेको गणतन्त्र कार्यान्वयन गर्ने प्रस्तावमाथि मतदान हुँदा पक्षमा ५६० र विपक्षमा ४ मत परेको थियो।
मतदान पछि सभाले राजा ज्ञानेन्द्रको परिवार र सचिवालयलाई १५ दिन भित्र दरवारबाट हट्ने निर्देशन दिएको छ।
नाराणहिटी दरवारलाई संग्राहलयको रुपमा विकास गर्ने योजना सरकारले यस अघि नै सार्वजनिक गरिसकेको छ।
संविधानसभाको बैठकको अध्यक्षता प्रधानमन्त्री कोइरालापछिका बयोबृद्ध सभासद कुलबहादुर गुरुङले गरेका थिए।
आह्वान
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गणतन्त्रको चर्चा त गरेनन्। तर उनले दलहरुको निरन्तर एकता र सहमतिबाट मात्र देश अगाडी बढ्ने बताए र सबैलाई एक रहन आव्हान गरे।
संविधानसभाको दोस्रो बैठक जेठ २३ गते बिहिबारसम्मका लागि स्थगित गरिएको छ।
सरकारले हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ।
देशमा गणतन्त्र स्थापना भएको खुसीयाली मनाउन भन्दै सरकारले दुई दिन थप सार्वजनिक विदा दिने निर्णय समेत गरेको छ।
विलम्ब
बुधवार दिनभरीको तमाम अनुमान, आशंका एवं व्यग्र प्रतिक्षाका माझ नेपाललाई गणतन्त्रात्मक देश बनाउने संविधानसभाको पहिलो बैठकको निकै ढिलोगरी आरम्भ भएको थियो।
राजालाई हटाए पछि उनको ठाउँमा राखिने राष्ट्रपतिको अधिकारका बारेमा दलहरुबीच घण्टौंसम्म चलेको रस्साकस्सी पछि भएको सहमति पश्चात संविधानसभाको बैठक गणतन्त्र कार्यान्वयन गर्ने चरणमा प्रवेश गरेको थियो।
६०१ सदस्य रहने यो संविधानसभाको बैठकमा सरकारले मनोनित गर्ने २६ जना बाहेक सबैजसो सहभागि भएका थिए।
संविधानसभा बैठकको निम्ति अन्तिम घडी भईसकेकाले २६ जनाको मनोनय गर्न सरकार असमर्थ भएको दलहरुको भनाई छ।
प्रमुख नेताहरू बाहेक करिव सबैजसो सभासदहरु विहान ११ बजे नै बैठक भवनमा आइसकेका थिए।
उनीहरू दिनभर जसो पट्यार मान्दै बैठक शुरू हुने प्रतिक्षामा थिए।
कतिपय हाई काढि रहेका देखिन्थे भने केही त कुर्सीमै निदाए पनि।
बैठकको समय पटक पटक सारिदै जाँदा सबैको ध्यान दिनभर जसो प्रधानमन्त्री निवास वालुवाटारमा केन्द्रीत थियो।
त्यहाँ नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमाले संवैधानिक राष्ट्रपतिको अधिकारको बारेमा घण्टौं मतभेदपूर्ण परामर्शमा व्यस्त रहेका थिए।
अमेरिकी राष्ट्रपति बुश आणविक कार्यक्रमबारे इरानी निर्णयबाट निराश
14 जुन, 2008 - अमेरिकी राष्ट्रपति जर्ज बुशले विश्व शक्तिहरुबाट आणविक प्रशोधन कार्य रोक्न मनाउन राखिएका नयाँ प्रस्तावहरुलाई इरानले अस्विकार गरेकामा आफू निराश भएको बताएका छन्। उनी शनिवार प्यारिसमा फ्रेन्च राष्ट्रपति निकोला सार्कोजीसँग एउटा पत्रकार सम्मेलनमा बोल्दै थिए।
युरोपेली संघको अग्रसरतामा विश्वका शक्तिशाली राष्ट्रहरुबाट इरानसमक्ष राखिएको पछिल्ला प्रस्तावहरुमा उसले युरेनियमको प्रशोधन कार्य रोक्न मानेमा उसलाई विभिन्न आर्थिक सहुलियतहरु प्रदान गर्ने उल्लेख गरिएको छ।
शर्त मान्य नहुने
तर तेहरानस्थित एकजना सरकारी प्रवक्ताले जनाएको तत्कालिन प्रतिकृयामा इरानलाई उसका आणविक गतिविधीहरु रोक्न माग गरिएका कुनै पनि शर्तहरु मान्य नहुने
आफ्नो युरोप भ्रमणको पछिल्लो चरणमा प्यारिसमा बोल्दै राष्ट्रपति बुशले भने, ''यो उदारतापूर्ण प्रस्तावलाई इरानी नेताहरुले त्यसै अस्विकार गरेकामा म निराश भएको छु।''
इरानको नेतृत्वले आफ्ना जनतालाई अझ बढी एक्लो पार्न उ ईच्छुक छ भन्ने संकेत दिएको उनले बताए।
''हामीले इरानी जनतालाई भविष्यका लागि राम्रो बाटो छ भनेर सम्झाउन कठीन काम गरिरहेकाछौं। सरकारले तपाईहरुलाई एक्लो पारिरहेको छ। सरकारले तपाईहरुलाई एउटा सम्पूर्ण र आशावादी जीवन जीउन नदिने शर्तहरु तेर्स्याएको छ।''
राष्ट्रपति बुशले फ्रेन्च राष्ट्रपति सार्कोजीसंगको वार्तामा इरानका आणविक योजनाहरुलाई छलफलको एउटा मूख्य एजेण्डा बनाएका थिए।
उनले पत्रकार सम्मेलनमा भने, '' तेहरानले परमाणु हतियार हासिल गर्नसक्नु विश्व स्थायित्वका लागि एउटा स्विकार गर्न नसकिने खतरा हो।''
राष्ट्रपति सार्कोजीले भने, ''इरानसँग कुनै लुकाउनुपर्ने कुरा नभएको भए उसले अन्तर्राष्ट्रिय निरिक्षकहरुलाई काम पूरा गर्न दिनुपर्थ्यो।
जुन ४, २००८
भुटानी शरणार्थीले मंगलवार पाँचवटा शिविरमा नेपालको शरणार्थी सम्बन्धि अन्तराष्ट्रिय नीति,आप्रवास सम्बन्धि अन्तराष्ट्रिय संगठन (आईओएम) र भुटानी राजा जिग्मे खेसार नाम्ग्यालको पुत्ला दहन गरेका छन् ।
स्वदेश फिर्तीको माग गर्दै संर्घषमा उत्रिएका उनीहरुले सुरक्षाकर्मीलाई छलेर झापाको बेलडाँगी, खुदुनावारी,टिमाई र मोरङको शनिश्चरे शिविरमा विरोध कार्यक्रम गरि पुत्ला जलाएका हुन् । त्यस क्रममा सुरक्षाकर्मीले खुदुनावारी शिविरबाट सात जनालाई पक्राउ गरेको छ । गोलधापमा हस्तक्षेप गरी कार्यक्रम असफल बनाई दिएको छ ।
नेपालको शरणार्थी सम्बन्धि अन्तराष्ट्रिय नीति भुटानी शरणार्थीको हितमा नरहेको, आइओएमको गतिविधिले भुटानी शरणार्थीको आन्दोलनमा फुट ल्याइ स्वदेश फिर्तीको संम्भावना क्षीण बनेको र भुटानी नरेश आफ्ना नागरिक नफर्काउने प्रमुख कारक भएको ठहर गर्दै उनीहरुको पुत्ला एक साथ दहन गरिएको शरणार्थीले बताएका छन् ।
स्वदेश फिर्ती पक्षधर शरणार्थीहरुले हालै गठन गरेको सडक संर्घष समितिले आईतबारदेखि आन्दोलन घोषणा गरी प्रदर्शन लगायत कायक्रम गर्न शुरु गरेको हो । उनीहरुको् कार्यक्रमलाई बिफल पार्न शिविर भित्र र बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
शिविरहरुमा सयौंको संख्यामा भेला भएका शरणार्थीले नारावाजी गर्दै स्वदेश फिर्तीको बाटो खुला गर्न, आईओएमको गतिविधि रोक्न र भुटान र्फकन भारतलाई बाटो दिन माग गर्दै नारावाजी गरेका थिए । बेलडागीमा आयोजित कोण सभामा नरमान शर्मा, सुनिता शर्मा र गोविन गुरुङले स्वदेश फिर्तीको बाटो खुला नहुन्जेल तेस्रो मुलुक पुनर्वास रोकिनुपर्ने माग गरेका थिए ।
समितिका नेता पुष्प क्षेत्रीले आन्दोलनकारी र झापाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण हमालसूग मंगलवार भएको वार्ता विना निष्कर्षविहिन भएपछि थप संर्घषका कार्यक्रम गर्ने तयारी भएको जानकारी दिनु भयो । समितीका तर्फाट यानु र्राई, कमल तमू र शिवलाल आचार्या सहितको टोली वार्तामा सहभागि थियो ।
वार्तामा हमालले नेपालमा नयाँ सरकार गठन नहुन्जेलसम्म आन्दोलनका सबै कार्यक्रम स्थगन गर्न तथा आन्दोलनरत पक्षले सोही अवधिसम्म तेस्रो मुलुक पुर्नवास लगायत आईओएमको काम कार्वाही रोक्न माग गरेपछि वार्ता सहमती विनानै टुंगीएको थियो ।
शिविरहरुमा भुटानी शरणार्थीको गतिविधि बढेपछि दमकमा सुरक्षा अवस्था थप कडा पारिएको छ । यहाँ स्थित आईओएम कार्यालयको सुरक्षार्थ शशस्त्र र जनपद प्रहरीको थप टोली दमक झिकाइएको छ । मंगलवार झापाको गौरीगन्जबाट जनपद प्रहरीको टोलीपनि दमकमा खटाइएको थियो ।


All of news collect by tops site Thanks for visit

